kumari
stcnepal

रुपन्देहीको भैरहवा स्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरी माथि आक्रमण, डीएसपी सामान्य घाइते

बुटवल ।रुपन्देहीको भैरहवा स्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरी माथि आक्रमण भएको छ । बालगृहमा बस्ने किशोरहरुलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा त्यहाँ रहेका १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन् ।

आक्रमण बाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । डीएसपी पौडेल र रखाल दुबैको अवस्था सामान्य छ । आक्रोशित किशोरहरुले सुधार गृहको भवनको सिसा समेत तोडफोड गरेका छन् ।

बाल सुधार गृहमा क्षमता भन्दा बढी किशोर राखिएका छन् । ६० जना क्षमता भएपनि एक सय ६ जनालाई राखिएको छ । बाल सुधार गृहका किशोरहरुको अमर्यादित व्यवहार बाट आजित भएको भन्दै स्थानीय बासिन्दाले मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर सुधारगृह स्थानान्तरण गर्नु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका थिए ।

भैरहवामा चार वर्ष अघि देखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो । कुनै पनि अपराधमा संलग्न भएको आरोप लागेका वा संलग्न भएका बालबालिकालाई यहाँ राखिन्छ । तर, यहाँ किशोर अवस्थाका धेरै भएकाले उनीहरुले अवाञ्छनीय क्रियाकलाप गर्ने गरेको स्थानीय बासिन्दाको आरोप छ ।

 

footer