प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुपन्देहीको भैरहवा स्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरी माथि आक्रमण, डीएसपी सामान्य घाइते

767
shares

बुटवल ।रुपन्देहीको भैरहवा स्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरी माथि आक्रमण भएको छ । बालगृहमा बस्ने किशोरहरुलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा त्यहाँ रहेका १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन् ।

आक्रमण बाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । डीएसपी पौडेल र रखाल दुबैको अवस्था सामान्य छ । आक्रोशित किशोरहरुले सुधार गृहको भवनको सिसा समेत तोडफोड गरेका छन् ।

बाल सुधार गृहमा क्षमता भन्दा बढी किशोर राखिएका छन् । ६० जना क्षमता भएपनि एक सय ६ जनालाई राखिएको छ । बाल सुधार गृहका किशोरहरुको अमर्यादित व्यवहार बाट आजित भएको भन्दै स्थानीय बासिन्दाले मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर सुधारगृह स्थानान्तरण गर्नु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका थिए ।

भैरहवामा चार वर्ष अघि देखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो । कुनै पनि अपराधमा संलग्न भएको आरोप लागेका वा संलग्न भएका बालबालिकालाई यहाँ राखिन्छ । तर, यहाँ किशोर अवस्थाका धेरै भएकाले उनीहरुले अवाञ्छनीय क्रियाकलाप गर्ने गरेको स्थानीय बासिन्दाको आरोप छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports