kumari
stcnepal

नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ को अंकमा कायम

काठमाडौं ।सेयर बजार घट्ने क्रमले बुधबार निरन्तरता पाएको छ । मंगलबार ३७ अंकले बढेको भएपनि नेप्से परिसूचक बुधबार ३१ अंकले घटेर अघिल्लो बुलको शीर्ष बिन्दु नजीक पुगेको हो । इन्ट्रा डे कारोबारमा केही दिन अघि नेप्से १८८० अंक सम्म पुगेको थियो । बुधबार परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंक कायम भएको हो ।

नेप्से १.६२ प्रतिशतले घट्नुको कारण १७३ कम्पनीको सेयर मूल्यमा गिरावट आउनु रह्यो । कारोबारमा आएका आँधिखोला लघुवित्त र ग्लोबल आईएमई स्किम–१ मा पोजिटिभ सर्किट लागेपनि समूहगत उपसूचक पनि सबै राताम्य बने । उल्लेखित २ सहित १९ कम्पनीको सेयर मूल्य भने बढेको छ । गुमाउनेमा युनाइटेड इदी मर्दी हाइड्रोका लगानीकर्ता अगाडि रहे ।

यसदिन कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रह्यो । बैंकको ३ करोड ३८ लाखको सेयर किनबेच हुँदा नेपाल लाइफ, नेपाल बैंक, एनसीसी बैंक, एनआईसी एशिया, नेसनल हाइड्रोको २ करोड भन्दा बढीको सेयर किनबेच भए ।

 

 

 

footer