प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ को अंकमा कायम

962
shares

काठमाडौं ।सेयर बजार घट्ने क्रमले बुधबार निरन्तरता पाएको छ । मंगलबार ३७ अंकले बढेको भएपनि नेप्से परिसूचक बुधबार ३१ अंकले घटेर अघिल्लो बुलको शीर्ष बिन्दु नजीक पुगेको हो । इन्ट्रा डे कारोबारमा केही दिन अघि नेप्से १८८० अंक सम्म पुगेको थियो । बुधबार परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंक कायम भएको हो ।

नेप्से १.६२ प्रतिशतले घट्नुको कारण १७३ कम्पनीको सेयर मूल्यमा गिरावट आउनु रह्यो । कारोबारमा आएका आँधिखोला लघुवित्त र ग्लोबल आईएमई स्किम–१ मा पोजिटिभ सर्किट लागेपनि समूहगत उपसूचक पनि सबै राताम्य बने । उल्लेखित २ सहित १९ कम्पनीको सेयर मूल्य भने बढेको छ । गुमाउनेमा युनाइटेड इदी मर्दी हाइड्रोका लगानीकर्ता अगाडि रहे ।

यसदिन कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रह्यो । बैंकको ३ करोड ३८ लाखको सेयर किनबेच हुँदा नेपाल लाइफ, नेपाल बैंक, एनसीसी बैंक, एनआईसी एशिया, नेसनल हाइड्रोको २ करोड भन्दा बढीको सेयर किनबेच भए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports