kumari
stcnepal

बल्ल राष्ट्रपति ब्यूँझिइन्

काठमाडौं । देशको राष्ट्रपति पार्टीको नेता जस्तो देखिएको आक्षेप लाग्दा लाग्दा थाङ्नो भएपछि बल्ल जेठ १२ गते बुद्ध जयन्तीका दिन राष्ट्रपति ब्यूँझिएको देखियो । उनले चीनका राष्ट्रपतिसँग सिधा सम्पर्क गरेर नेपालको कोभिड बिपत्तिमा साथ दिन आग्रह गरेपछि तत्कालै चीनका राष्ट्रपति सी चिनफिङले १० लाख भेरोसेल खोप दिने घोषणा गरिदिए ।
नेपाल र चीन, दुबै देशका राष्ट्रपतिलाई हार्दिक धन्यवाद ।
हरेक दिन संक्रमित र मृत्युको खबर हेरेर बसेकी राष्ट्रपति किन यति ढिलो ब्यूँझेकी होलान् । अलि चाँडो उनले प्रयास गरेको भए उनको यस गौरव नै बढ्थ्यो । जनताले तिरेको करको तलव सुविधा खाने राष्ट्रपतिका सल्लाहकारहरु पनि गोवरगणेश नै रहेछन् कसो ?
अनि भारतका राष्ट्रपतिलाई चाहिं पत्र किन ? उनीसँग पनि सिधा सम्पर्क गर्न के बिग्रन्थ्यो ? अनि भारतमा कार्यकारी प्रधानमन्त्री भएकाले हाम्रा प्रधानमन्त्रीले सिधै सम्पर्क गरेर शुल्क तिरिसकेको १० लाख खोप दिइहाल्न अनुरोध गर्दा राम्रै हुन्थ्यो ? प्रधानमन्त्रीका सल्लाहकारहरु पनि गोबर गणेश नै रहेछन् भन्न नेपाली जनता वाध्य भएका छन् ।

footer