kumari
stcnepal

प्रिओपन सेसनमा नेप्से परिसूचक १.४१ अंकले बढेर समग्र बजार १८६३ विन्दुमा

काठमाण्डौ ।साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १.४१ अंकले बढेर समग्र बजार १८६३ विन्दुमा पुगेको छ । अघिल्लो साता कारोबारको अन्तिम दिन नेप्से बढेर बजार बन्द भएको थियो ।

आज यो सेसनमा १५ कम्पनीहरूको शेयर किनबेच हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै बाँकी ३ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

नेशनल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा ३ कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ । आज ३ लाख २७ हजार भन्दा धेरैको शेयर किनबेच हुँदा जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

 

 

footer