kumari
stcnepal

काठमाडौं मै हतियार देखाएर घरमा लुटपाट

काठमाडौं ।काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित रुपेन्द्र थापाको घरमा धारिलो हतियार देखाउँदै आज बिहान लुटपाट गरिएको छ ।

अपरिचित ६ व्यक्तिहरूले घरका परिवारलाई धारिलो हतियार देखाई धनमाल लुटपाट गरी फरार भएका हुन् । उनीहरूले सुनका विभिन्न गहना, नगद ८० हजार रुपैयाँ, एकथान आइफोन र एकथान आइप्याड गरी करिब चार लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटेर लगेका जनाइएको छ ।

प्रहरी प्रभाग साँखु बाट खटिएको टोलीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाइएको छ ।

 

 

footer