kumari
stcnepal

नेप्से परिसूचक २३ अङ्क भन्दा धेरैले घट्यो

काठमाण्डौ । आइताबार शतक हाराहारीमा बढेको शेयर बजार सोमबार भने घटेको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम पनि घटेको हो ।

आज नेप्से परिसूचक २३ अङ्क भन्दा धेरैले घटेको छ । योसँगै समग्र बजार १९३३ विन्दुमा पुगेको । त्यस्तै कारोबार रकम पनि घटेर २ अर्ब ४ करोडमा आएको छ । यो कारोबार रकम हिजोका तुलनामा केही कमी हो । आज दिनभरिमा २२९ कम्पनीको शेयर किनबेच भएकोमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । नेप्सेका सबै उपसूचकमा रातो पाेतिदा बीमा समूह सबै भन्दा धेरै दबाबमा परेको छ ।

आज नागरिक लगानी कोषको शेयर धेरै मूल्यको किनबेच हुँदा उन्नति सहकारी संस्थाको शेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।

 

 

footer