kumari
stcnepal

आज यि प्रदेशमा भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं ।आगामी चौबीस घण्टा देशभर सामान्य देखि पूर्ण बदली रहि स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ । राति पनि देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

footer