kumari
stcnepal

२९ जनाको गिरोह विरूद्ध एकैपल्ट करछलीको मुद्दा

काठमाडौं ।राजस्व अनुसन्धान विभाग सम्हालेका नयाँ महानिर्देशक झलकराम अधिकारी एक्सनमा उत्रिएका छन् । प्रकाश पौडेलको सुरूवा भएपछि नेतृत्व सम्हालेपछि पहिलो कदम चालेका हुन् । कार्यान्वयनमा गइसकेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पालना नगर्ने ट्रान्सपोर्ट कम्पनीको छानबिन गर्दा गिरोह नै समातिएको हो ।

विभागका अनुसार पशुपति रोड क्यारियर नेपाल प्रा.लि.को बुटवल शाखाले विक्रेता न्यु मनकामना सप्लायर्स र क्रेता सांग्रीला एक्सपोर्ट तथा राज फेन्सी कर्नर उल्लेख गरी भीसीटीएसमा प्रविष्ट गरी मालवस्तु पठाएको थियो । तर, सो सामान अरूले कम्पनीको रहन गरेको खुलेको छ । पशुपति रोड क्यारियर नेपाल लगायतका कम्पनीहरूले भन्सार नाका प्रयोग नगरी प्रज्ञापन पत्र समेत नभरि सामान आयात गर्ने गरेको पनि पाइएको छ भने विभिन्‍न मालसामान खरिद र बिक्री नजनाई भन्सार, आयकर, मु.अ.कर र लाभांश कर लगायतका राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नु पर्ने कर राजस्व नबुझाइ आफूले लाभ लिएको अनुसन्धानमा खुलेको छ ।

विभागले राजस्व चुहावट सम्बन्धी मुद्धा उच्च अदालत पाटन, ललितपुरमा दायर गरेको छ । राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार उनीहरूले २२ करोड १९ लाख ४६ हजार ७ सय ३ रूपैयाँ कर छलेको पाइएको छ । विभागले सो कर असुल गर्नुपर्ने र त्यति नै जरिवाना लिनुपर्ने मागदाबी सहित अभियोगपत्र दायर गरेको हो ।

 

footer