प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२९ जनाको गिरोह विरूद्ध एकैपल्ट करछलीको मुद्दा

702
shares

काठमाडौं ।राजस्व अनुसन्धान विभाग सम्हालेका नयाँ महानिर्देशक झलकराम अधिकारी एक्सनमा उत्रिएका छन् । प्रकाश पौडेलको सुरूवा भएपछि नेतृत्व सम्हालेपछि पहिलो कदम चालेका हुन् । कार्यान्वयनमा गइसकेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पालना नगर्ने ट्रान्सपोर्ट कम्पनीको छानबिन गर्दा गिरोह नै समातिएको हो ।

विभागका अनुसार पशुपति रोड क्यारियर नेपाल प्रा.लि.को बुटवल शाखाले विक्रेता न्यु मनकामना सप्लायर्स र क्रेता सांग्रीला एक्सपोर्ट तथा राज फेन्सी कर्नर उल्लेख गरी भीसीटीएसमा प्रविष्ट गरी मालवस्तु पठाएको थियो । तर, सो सामान अरूले कम्पनीको रहन गरेको खुलेको छ । पशुपति रोड क्यारियर नेपाल लगायतका कम्पनीहरूले भन्सार नाका प्रयोग नगरी प्रज्ञापन पत्र समेत नभरि सामान आयात गर्ने गरेको पनि पाइएको छ भने विभिन्‍न मालसामान खरिद र बिक्री नजनाई भन्सार, आयकर, मु.अ.कर र लाभांश कर लगायतका राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नु पर्ने कर राजस्व नबुझाइ आफूले लाभ लिएको अनुसन्धानमा खुलेको छ ।

विभागले राजस्व चुहावट सम्बन्धी मुद्धा उच्च अदालत पाटन, ललितपुरमा दायर गरेको छ । राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार उनीहरूले २२ करोड १९ लाख ४६ हजार ७ सय ३ रूपैयाँ कर छलेको पाइएको छ । विभागले सो कर असुल गर्नुपर्ने र त्यति नै जरिवाना लिनुपर्ने मागदाबी सहित अभियोगपत्र दायर गरेको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports