kumari
stcnepal

सिन्धुपाल्चोकमा भारी बर्षाको सम्भावना, अन्यत्रको आज कस्तो रहला मौसम ?

सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ ।

महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने बताएको छ । विहान १० बजे सम्म ‍अति उच्च सतर्कता अपनाउन चेतावनी समेत दिएको छ ।

उता झापाको शनिश्चरे, चन्द्रगढी लगायत इलाम र झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ । महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम; तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले दिउँसो सम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

 

 

footer