काठमाडौं ।भारतले दोस्रो टी २० अन्तर्राष्ट्रियमा घरेलु टोली इंग्ल्यान्डलाई ४९ रनले हराउँदै ३ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ।
जितको लागि १ सय ७१ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १ सय २१ रनमा अल आउट भयो। उसका लागि मोईन अलीले सर्वाधिक ३५ रन बनाए। यस्तै डेविड विली ३३ रनमा अविजित रहँदा डेभिड मालन १९, लियाम लिभिङस्टोनले १५ रन जोडे। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतका भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा १ मेडनसहित १५ रन खर्चिए। जस्प्रित बुमराह र युजभेन्द्र चहलले समान २-२ विकेट लिए। हर्षल पटेल र हार्दिक पान्ड्याले एक-एक विकेट हात पारे।