kumari
stcnepal

आज सम्म ३१ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको बढ्दै गएका छन् । आइतबार सम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिए सँगै संक्रमित संख्या ३१ पुगेको हो ।

‘नुवाकोट कंकनीका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आउनु भएको थियो,’ महाशाखाका प्रमुख चुम्मनलाल दासले भने,’ अहिले उहाँ घर फर्किनु भएको छ । संक्रमित मध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।’ हैजा देखिएका मध्ये १४ वर्ष मुनिका ६ जना बालबालिका रहेका छन्।

त्यस्तै, १५ देखि २४ वर्ष सम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्ष सम्मका १० जना, ४५ देखि ६४ वर्ष सम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ । हैजा देखिएका मध्ये तीन जनाको उपचार भइरहेको छ । अन्य बिरामी निको भएर घर फर्किसकेको छन् ।

 

 

 

footer