प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सम्म ३१ जनामा हैजा पुष्टि

585
shares

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको बढ्दै गएका छन् । आइतबार सम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिए सँगै संक्रमित संख्या ३१ पुगेको हो ।

‘नुवाकोट कंकनीका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आउनु भएको थियो,’ महाशाखाका प्रमुख चुम्मनलाल दासले भने,’ अहिले उहाँ घर फर्किनु भएको छ । संक्रमित मध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।’ हैजा देखिएका मध्ये १४ वर्ष मुनिका ६ जना बालबालिका रहेका छन्।

त्यस्तै, १५ देखि २४ वर्ष सम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्ष सम्मका १० जना, ४५ देखि ६४ वर्ष सम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ । हैजा देखिएका मध्ये तीन जनाको उपचार भइरहेको छ । अन्य बिरामी निको भएर घर फर्किसकेको छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports