गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जड्याहले सातघुम्तीमा चलाएको बसजस्तो भयो लोकतन्त्र

650
shares

 

राजन कार्की

टिल्ल जाँड धोकेर सातघुम्तीमा बस चलाउने ड्राइभर र लोकतन्त्र हाँक्ने नेताहरु उस्तै लाग्न थालेका छन् । जड्याहले कुन बेला बसलाई कुन घुम्तीबाट खगार्ने हो भन्न सकिन्न । बस नचढौं, कसरी जाने । चढौं, मरिने हो कि बाँचेरै पुगिने हो ?
लोकतन्त्र पनि त्यस्तै छ । नामै लोकतन्त्र, लोकको तन्त्र । तर लोकतन्त्रमाथि नेताहरुको मनलागीतन्त्र चलिरहेछ । यो मनलागी तन्त्रको १५ वर्ष साँढेसातीको दशा जसरी बिताइयो । अझै साढेसातीको दशाले छाडेको छैन । पाइला पाइलामा खड्गो छ, खड्गोले देश र जनताको ज्यानै लिने जोखिम छ ।
जनयुद्ध, जनआन्दोलनको समयमा प्रजातन्त्रको नाम लोकतन्त्र राखेपछि सूर्य पश्चिमबाट उदाउँछ, सबै सम्पन्न हुन्छन्, समानता समावेशि समाज हुन्छ भनेर हल्लाखल्ला गरियो । यो शासन त स्वास्थ्योपचार नदिने स्वास्थ्य मन्त्रालयले रसिलो पोसिलो खाना खानुपर्छ, प्रहरीले सुरक्षा दिन्छौं भनेर हत्याहिंसालाई संरक्षण गरेजस्तो प्रचार मात्र भयो ।
८ करोड जनसंख्या भएको दरिद्रतम र ५० हजारमात्र सेना भएको भियतनामले आक्रमण गर्न आएको अमेरिकाजस्तो शक्तिशाली मुलुकको ५८ हजार सैनालाई धुलोमात्र चटाएन, सेना फिर्ता गर्न बाध्य पा¥यो । आज पनि भियतनाम युद्ध अमेरिकाको कोखामा सूल बनेर बेला बेलामा दुख्छ होला । साँढे २ करोड जनसंख्या भएको उत्तर कोरियाले आज पनि अमेरिकालाई हायलकायल पारिरहेको छ । अमेरिकाले चाहेर पनि बेला बेलामा भोकमरी हुने उत्तर कोरियालाई ध्वस्त पार्न सकेको छैन । दुईपल्ट ट्रम्प र किम जोङ उनसँग वार्ता भइसक्यो, तैपनि उत्तर कोरिया झुकेको छैन । भियतनाम र उत्तर कोरिया यसकारण सशक्त छन् कि ती देशका नागरिकहज्ञ् एक छन्, नेतृत्वतह राष्ट्रिय एकताका लागि प्रतिवद्ध छन् । भियतनाम र उत्तर कोरिया राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमा मातृभूमिको रक्षा गर्ने सौर्य र साहस हुन्छ भन्ने प्रमाण हुन् ।
यत्ति बुझ्न सके नेपालको लोकतन्त्र साँच्चै लोकतन्त्र हो कि कुहिएको फर्सी भनेर प्रश्न गर्नु पर्दैनथियो । यही सत्य नबुझ्नाले नेतृत्वकर्ताहरू आन्तरिक र बाह्य दुबै क्षेत्रमा असफल भए । मुलुकलाई उठ्नै नसक्ने गरी असक्षमता र अराजकताको दलदलमा फसाइदिए ।
नेतृत्वको नैतिकहीनताकै कारण जनताको गुहार सुन्ने कसले ? प्रजातन्त्रमा यस्तो प्रश्न गर्नुपर्ने दिन पनि आयो । जो आफूलाई जनताा नेता भन्छन्, तिनीहरु जनताका चित्कार किन सुन्दैनन्, किन नाक, कान, आँखा, मुख बन्द गरेर बसेका छन्, प्रजातन्त्रको योभन्दा दुर्भाग्यका दिन अरु के हुनसक्छ ?
बहुदल, संविधानसभा, संविधान, संघीय लोकतन्त्र, दुईतिहाइको सरकार हुँदै अब निर्दलमा प्रवेशविन्दुमा आइपुगेको छ देशको राजनीति । संविधानको व्याख्या त अदालतले गर्ला, राजनीतिको निकास पनि अदालतले दिने दिनको माग भइरहेको छ । त्यो पनि प्रजातान्त्रिक र सर्वहारावादी हुँ भन्नेहरूको मोर्चाले ।
राजनीति म¥यो, मूर्दाले निकास दिन नसक्ने भयो । राजनीतिको मलामी जानेहरू यतिबेला अदालतको ढोका र सडक सडकमा पसारो परेका देखिन्छन् । यस्तो तुहिएको नेतृत्वले प्रजातन्त्रलाई संस्थागत गर्छु भनेर गुड्डी हाँक्छ भने त्यो भ्रम मात्र हो । आकाशतिर फर्केर थुक्नुमात्र हो । वर्तमान नेपालको राजनीतिक तस्वीर यही हो ।
सर्वोच्चमा मुद्दा छ, ५ पार्टीको समर्थनमा १४९ जनाको हस्ताक्षर बुझाएका शेरबहादुर देउवालाई सर्वोच्चले ठाडै प्रधानमन्त्रीमा नियुक्त गरिदिनु भन्ने आदेशको माग गरिएको छ । यस्तो माग गर्नेहरुमा प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपाको एक गुट, राष्ट्रिय जनमोर्चाका एक र सत्तारुढ एमालेका २६ जनाको गुटको मोर्चा ।
सरकारी वकिल भन्छन्– यो दावी होइन, कीर्ते कागज हो । दावीपत्र केरमेट भएका छन्, केही हातले र केही कम्प्युटर टाइप भएका छन् । अर्कै प्रयोगनका लागि गरिएको सहीलाई यहाँ प्रयोग गरिएको हो ।
सरकारी वकिल भन्छन्– जुन पार्टी सरकारमा छ, सरकारमा भएको पार्टीका सांसद प्रतिपक्षमा सही गर्न मिल्दैन । यो पार्टी व्यवस्था हो ।
तर प्रतिपक्षी भन्छन्– यस्तै अवस्थाका लागि ७६ को ५ संविधानमा व्यवस्था गरिएको हो । जुनसुकै सांसदको स्वतन्त्र अस्तित्व हुन्छ ।
मुद्दा संगीन छ । संविधानको धारा ७६ को ५ को संवैधानिक व्याख्या सर्वोच्चले गर्नुपर्ने छ । तर संवैधानिक इजलासमा प्रतिपक्षको २६ र सत्तापक्षको ४ मुद्दा छन् । नेपाल र सर्वोच्च बारका एमिकस क्यूरीले पनि बहसनोट बुझाएका छन् । यहाँसम्म कि प्रतिपक्षीले संविधानका प्रति गम्भीर बहस गर्न छाडेर फ्रान्स र बेलायतमा जस्तो राष्ट्रपति र प्रधानमन्त्रीको हत्या हुनसक्नेसम्मको धमास पनि दिए । पहिलोपल्ट संसद विघटन हुँदा यिनै प्रतिपक्षले न्यायाधीशलाई अफगानिस्तानमा जस्तो घिसारेर ल्याउनेसम्मका असंसदीय भाषा प्रयोग गरेका थिए ।
संवैधानिक इजलासमा देशका नामी अधिवक्ताहरु पक्ष विपक्षमा बहस गर्न पुगे । तर बहसमा संवैधानिक निकासमा भन्दा आ–आप्mना अनुकूलका निर्णय आउनुपर्ने जिरह गरियो । प्रतिपक्षी सबै अधिवक्ताहरूको एउटै दावी थियो– व्यवस्था लोकतान्त्रिक हो, तर निर्दलीय अभ्यास हुनसक्छ, हुनुपर्छ ।
राजनीतिक मुद्दा अदालतमा प्रवेश ग¥यो । संवैधानिक इजलासले संवौधनिक व्याख्या गर्नुपर्ने हो तर प्रतिपक्षीहरु राजनीतिक आदेश खोजिरहेका छन् । अदालतले संसद बिघटन सही कि गलत ? भनेर व्याख्या गर्नुपर्ने हो तर अदालतलाई विभिन्न खाले प्रभाव र दबाब दिएर शेरबहादुर देउवालाई सिधै प्रधानमन्त्री नियुक्त गर्नु भनेर राष्ट्रपतिलाई आदेश दिनुपर्ने प्रतिपक्षीको जोडदार माग छ । अब हेर्नुछ, अदालत राजनीतिमा प्रवेश गर्छ कि संविधानको मात्रै व्याख्या गर्छ ?
निरंकूश राजा फालेको दावी गर्नेहरू निर्दलीय अभ्यासको माग गरिरहेका छन् भने बुझ्नुपर्छ – यी सबै ताक परे संविधान नत्र सडक गान गर्ने जमात हो । यसकारण लोकतन्त्र कुहिएको फर्सीजस्तो भयो । कुहिएपछि न खान मिल्छ, न राख्न मिल्छ । यो गनाएर किरा पर्छ अनि महामारी फैलाउँछ ।
हामीले अभ्यास गरिरहेको लोकतन्त्र कुहिएको फर्सितन्त्रमा आइपुगेको छ । अब पनि यसलाई उपभोग गरियो भने यसले फैलाउने महामारीमात्र हो । लोकतन्त्र उत्तम व्यवस्था हो तर यो व्यवस्था सञ्चालन गर्न उच्च नैतिक बल, आचरण र इमान चाहिन्छ । यतिबेला लोकतन्त्र कुहिनु भनेको नेतृत्वतह कुहिएको हो । कुहिएको नेतृत्वकर्ताहरुले समृद्ध नेपाल, सुखी नेपालीको स्थिति दिने कुनै सम्भाबना छेन ।
यसकारण पनि परिवर्तन जरुरी छ । यस्तो संविधान जसले निकास दिदैन, जनतालाई संवोधन गर्दैन, नेतृत्वलाई सीमामा बाँधेर राख्न सक्दैन । यस्तो संविधान र छाडा नेतृत्व कै कारण यो विपत, राष्ट्रिय संकट आएको हो । यो संकटको सामना गर्न परिवर्तन आवश्यक छ । एकपल्ट फेरि जनता सडकमा निस्कनुप¥यो, कुडाकरकट नेतृत्वलाई पन्छाएर राष्ट्रिय शक्तिहरुलाई एकत्रित हुन आह्वान गर्नुप¥यो । तबमात्र देशले एउटा निकास पाउला । निषेध र विभेदको राजनीतिले देशलाई कृष्ण भीरमा पु¥याइसक्यो । जनता सचेत हुनसके लड्नबाट बच्न सकिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports