प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो आयो यसपालिको मौद्रीक निति, पूर्ण पाठ सहित

676
shares

काठमाडौं ।चालू आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दैै जेठ १४ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने घोषणा गरेका थिए । कोभिड महामारी बाट भर्खरै तंग्रिन लागेको अर्थतन्त्रको गति थप चलायमान बन्ने कारण देखाउँदै शर्माले उच्च अंकको आर्थिक वृद्धि लक्ष्य लिएका थिए । अर्थविद्हरूले भने बजेटले लिएको लक्ष्य हासिल गर्न मुस्किल देखिने विश्लेषण गर्दै आएका छन् ।

यही बीचमा नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बजेट मार्फत सरकारले लिएको लक्ष्य हासिल गर्न सहयोग पुर्याउने बताएको छ । गर्भनर महाप्रसाद अधिकारीले सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी मौद्रिक नीति सार्वजनिक गरेको बताए ।

औद्योगिक उत्पादन क्षमता वृद्धिले सहज

यसक्रममा केन्द्रीय बैंकले औद्योगिक उत्पादन बढ्दा बजेटले लिएको उच्च अंकको आर्थिक वृद्धि लक्ष्य भेट्टाउन सकिने सम्भावना देखाएको छ । केन्द्रीय बैंकका तर्फ बाट मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर अधिकारीले भने, ‘कोभिड महामारीले खुम्चिएको औद्योगिक उत्पादन क्षमता निरन्तर वृद्धि भइरहेको छ ।’ जसले चालू वर्षमा नेपालले विगतमा हासिल गर्दै आइरहेको औसतको आर्थिक वृद्धि भन्दा माथि हुने केन्द्रीय बैंकको विश्लेषण छ । गर्भनर अधिकारीले यही आधारलाई देखाउँदै चालू वर्षमा विगतमा हासिल भइरहेको भन्दा उच्च अंकको आर्थिक वृद्धि हासिल हुने बताएका छन् ।

मूल्यवृद्धि, मल अभाव र बाह्य क्षेत्रको दबाब मुख्य चुनौती

यद्यपि, औद्योगिक उत्पादन बढ्नु बाहेक आर्थिक वृद्धिको सूचकका लागि उपयुक्त अन्य सूचक भने नकारात्मक रहेको राष्ट्र बैंकले बताएको छ । औद्योगिक उत्पादन बढ्दा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न केही सहज हुने भएपनि ३ वटा मूख्य सूचक भने चुनौतीको चाङ बनेर खडा हुने केन्द्रीय बैंकको भनाइ छ । चालू आर्थिक वर्षको धान रोपाइँ लगायत अन्य कृषि खेतीमा आवश्यकता अनुसारको रासायनिक मल उपलब्ध हुन सकेको छैन । जसले कृषि उपजको उत्पादन घटाउने र आर्थिक वृद्धिको लक्ष्यलाई नै दबाब सृजना गर्न सक्ने आँकलन मौद्रिक नीतिको छ । यसैगरी, रुस–युक्रेन युद्धका कारण विश्वव्यापीरूपमा बढिरहेको मूल्यवृद्धि समेत उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्यको चुनौती हो । चालू वर्षमा मूल्यवृद्धि यसअघि गरिएको प्रक्षेपण भन्दा माथि पुगेको छ । रुस युक्रेन युद्धका काण विश्वभर बढेको मूल्यवृद्धि चालू वर्षमा पनि कायम रहन सक्ने भएकाले आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यमा बाधा पुर्याउने आँकलन राष्ट्र बैंकको छ ।

​यसैगरी, बाह्य क्षेत्रमा परेको निरन्तरको दबावले समेत आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्यलाई चूनौति दिने छ । यतिबेला नेपाली मुद्रा इतिहासकै कमजोर स्थितिमा पुगेको छ भने अमेरिकी डलर अहिले सम्मकै बलियो बनेको छ । यसका साथै, नेपालको आयात उच्च गतिमा बढ्नु निर्यात सो अनुसार नहुनुले समेत आर्थिक वृद्धिको लक्ष्यलाई प्रभावित पार्ने आँकलन केन्द्रीय बैंकको छ । अमेरिकी डलरको मूल्य निरन्तर बढ्दा नेपालको आर्थिक गतिविधि नै प्रभावित पर्छ । आयातमुखी अर्थतन्त्र भएकाले विदेश बाट हुने आयातमा नेपालले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । यसैगरी, विश्व बैंक, एसियाली बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विदेशी मुलुकसँग डलरमा लिएको ऋण बुझाउँदा अपेक्षा गरेभन्दा बढी रकम तिर्नुपर्छ ।

जसले नेपालमा रहेको विदेशी मुद्राको सञ्चिती माथि नै दबाब सृजना गर्ने छ । यद्यपी, डलर बलियो बन्दा पर्यटन बाट हुने कमाई र रेमिट्यान्सको आप्रवाह भने बढ्नेछ । यस्तै, नेपाल बाट हुने निर्यातमा समेत नेपालले लाभ हासिल गर्न सक्छ । तर, समग्रमा डलर बलियो बन्दा नेपालले लाभ भन्दा बढी नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । जसले सरकारले लिएको उच्च अंकको आर्थिक वृद्धि लक्ष्यलाई नै प्रभावित बनाउने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports