kumari
stcnepal

पूर्वराजाको महानता

 

काठमाडौं । आफै, महारानी, छोरीसमेत कोरोना लागेर उपचार गर्नुपरेका पूर्वराजाको स्वस्थ हुने क्रम अझै जारी रहेको र देशमा महाविपत भइरहेकाले आफ्नो जन्मदिन नमनाउने निधो गर्नुभयो । तर असार २३ गते पर्ने पूर्वराजाको जन्मोत्सव राजतन्त्रवादीहरुले आ–आफ्नै तरिकाले मनाए ।
पूर्वराजाले सार्वजनिक गरेको मन्तव्यमा भनिएको छ– ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन, संक्रमण संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का र झूठा नाराका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’
पूर्वराजाको यो मन्तव्यले देशको स्थिति, जनताको अवस्था र शासन, प्रशासनबारेमा पर्याप्त संकेत गरेको छ । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिड । लुट्नमात्र जान्ने नैतिकहीन नेताहरुका लागि पूर्वराजाको सन्देशले नछुनु स्वभाविक हो । तर सत्य र तथ्य यही हो ।

footer