kumari
stcnepal

उपत्यकामा गएराति परेको वर्षा र बाढीले प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा

काठमाडौं ।काठमाडौं उपत्यकामा गएराति परेको वर्षा र बाढीले प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा परेको छ । बाढीले कार्यालयका सामान समेत बगाएको छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ । प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीन वटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

कम्प्युटर, इन्टरनेट, सन्चार उपकरणको बेस सेटले काम नगरेको र बत्ती नहुँदा कार्यालयको फोनसमेत बन्द भइसकेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गए राति काठमाडौंमा ठूलो पानी परेको थियो । त्रिभुवन विमानस्थलको रेकर्ड अनुसार आज बिहान ६ बजे सम्म ७५.१ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम विज्ञान विभागले काठमाडौंमा ठूलो पानी परेकाले बागमती लगायतका नदी र खोलाहरुमा बाढीको खतराको सूचना गएराति नै जारी गरेको थियो ।

footer