kumari
stcnepal

माधव नेपालले मागे राजीनामा

 

काठमाडौँ । सैघीय ससदको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भीत्रको आन्तरिक द्वन्द्व ससदीय समितिमा समेत देखिएको छ । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्वन्ध समितिको गत आइतवार १० गते वसेको वैठकमा एमालेका दुई पक्षका सासदहरुवीच मै आरोप प्रत्यारोप चलेको थियो । नेकपा एमाले भीत्रको आन्तरिक द्वन्द्वलाई लिएर ससदीय समितिमा आरोप प्रत्यारोपमा एमालेका असन्तुष्ठ पक्षका नेता माधव नेपाल नै आरोप प्रत्यारोपमा उत्रिएका थिए ।
नेकपा एमाले भीत्रको विवाद समाधान गर्न दुवै पक्षवाट गठन गरिएको कार्यदलले १० वुँदे सहमतिपत्र तयार गरी पार्टी अध्यक्ष केपी ओली र असन्तुष्ठ पक्षका नेता माधव नेपाललाई वुझाइ सकेको अवस्थामा स्वयम माधव नेपालले नै आरोप प्रत्यारोपमा उत्रिनले उनी पार्टी भीत्र एकता चाहदैनन् भने प्रमाणीत भएको छ । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपनि सर्वोच्च अदालतको सम्वैधानीक इजालसले त्यसलाई वदर गर्दै ससद पुनस्थापना गरी दिएपछि वसेका समितिको वैठकमा त्यसरी आरोप प्रत्यारोप चलेपनि समितिकी सभापति पवित्रा निरौला खरेल भने चुपचाप वसेकी थिइन् ।

समितिका सदस्यहरुमा माधव नेपाल भीम रावल काग्रेसका नेता प्रकाशमान सिंह पूर्वसभामुख कृष्णवहादुर महरा समेत सदस्य रहेका छन् । वैठकमा नेकपा एमालेका ओली पक्षिय नेता तथा पूर्वमन्त्री नारदमनी रानाले ससद जनादेशवाट नभई सर्वोच्च अदालतको आदेशवाट आएको वताए पछि माधव नेपालले त्यसको प्रतिवाद गर्दै माधव नेपालले प्रतिगमनकारी सासदलाईवाहिर जान भन्दै प्रतिगमनकारी मतियारहरु भनेका थिए । यसरी नेकपा एमाले भित्रको आन्तरिक द्वन्द्व ससदीय समितिमा समेत प्रदेश गरेको छ ।

माधव नेपाल पूर्व प्रधानमन्त्री समेत रहेका र पार्टीलाई एकतावद्ध वनाउने कार्यमा दोस्रो तहका नेताहरुले प्रयास गरीरहेका वेला आफ्नै पार्टीका सासदलाई प्रतिगमनकारीका मतियारहरु भन्नु किमार्थउचित हुन सक्दैन माधव नेपालले सासद रानातिर चोर औला तेस्याउदै भने प्रतिगमनकारीका मतियारहरु भन्दै राजीनामा दिनुहोस् वैठककक्षवाट निस्किनुहोस्, सम्म भन्न भ्याएका थिए । समितिको सभापतित्व गरेकी सभापतिले माधव नेपाललाई त्यस्तो अभिव्यक्ति दिन रोक्नु पद्थ्यो । माधव नेपालले आफैले सभाको सभापतित्व गरेको जस्तो गरेर सासदलाई वाहिर निस्कनुहोस् राजीनामा दिनुहोस् भन्ने अधिकार कस्ले दियो । सासद राना पनि जनताकै प्रतिनिधि हुन । जनताका प्रतिनिधिले आफुलाई लागेको कुरा ससदीय समितिमा किन राख्न नपाउने ।

माधव नेपाल विधि विधानका र पद्धतीका कुरा उठाउदैँ आफ्नो स्वार्थ सिद्ध गर्न उद्देश्य सहित अघि वढेका छन् । उनले कुन विधि विधान र पद्धती अनुसार सासद रानालाई सभाकक्षवाट वाहिर निस्कनुहोस् राजीनामा दिनुहोस् भनेका हुन् त ? के माधव नेपालले भन्ने गरेका विधि विधान र पद्धती त्यही हो त ?
संसद विघटन गलत थियो भन्नुहुने तर ससद विघटन गरेर जनताको ताजा जनादेश लिनु ठिक थियो भन्न नपाइने किन ? समितिको वैठकमा नेकपा एमालेकै दुई पक्ष विचमा भनाभन भएपछि अन्य दलका सासदहरु पनि प्रवेश गरेर आक्रोशित भएपछि समितिको वैठक नै प्रभावित भएको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आफ्नो पार्टीको सासदहरुलाई सम्झाउनु पर्नेमा आफै भनाभनमा उत्रिन र सासदलाई वाहिर निस्किनुहोस् राजीनामा दिनुहोस् भन्नुको अर्थ

footer