kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौं ।हाल देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ र लुम्बिनी प्रदेशका चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

footer