kumari
stcnepal

प्रचण्ड पुगे नेपाललाई भेट्न कोटेश्वर

काठमाडौँ । माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन् । आज बिहान उहाँहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएका छन् । उनीहरू कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा भेटवार्ता भएको थियो । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताए । उहाँहरूले आज बिहान करिब एक घन्टा कुराकानी गर्नुभएको थियो ।
गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेका बेला प्रचण्डले नेता नेपाललाई भेटेका छन् । सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेता नेपाल उपस्थित थिएनन् । नेता नेपालसहित एमालेका २२ सांसदले गत साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । नेपाल पक्ष सरकारमा जाने वा नजाने यकिन भइसकेको छैन ।

footer