kumari
stcnepal

आज थपिए २०० जना कोरोना संक्रमित, २ जनाको निधन

काठमाडौं ।देशभर दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

३ हजार ५३७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। देशभर २ हजार ६४२ जना सक्रिय संक्रमित छन्। यसको संक्रमण बाट पछिल्लो २४ घण्टामा दुई जनाको निधन पनि भएको मन्त्रालयले जनाएको छ। शनिबार ३३९ जना संक्रमित उपचारपछि डिस्चार्ज समेत भएका छन्।

footer