kumari
stcnepal

अहिराज पदमुक्त, मिश्रको सिफारिस

काठमाडौं ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यसअघिका प्रदेश प्रमुख राजेश अहिराजलाई पदमुक्त गरेर महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद समेत रहेका मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । यससँगै निवर्तमान प्रदेश प्रमुख राजेश अहिराज पदमुक्त भएका छन् । अहिराजलाइ केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । त्यस्तै मन्त्रीपरिषद्ले बेलायतमा अनशनरत भूतपूर्व गोर्खा सैनिकका परिवारलाई आमरण अनशन फिर्ता लिनका लागि पनि अनुरोध गरेको जनाइएको छ । त्यस्तै अफगानिस्तानमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गर्ने पनि सरकारले निर्णय गरेको गृहमन्त्री खाडले बताएका छन् ।

footer