kumari
stcnepal

सरकारको निणर्य विरुद्ध शाक्य सर्वोच्चमा

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा आज रिट दायर गरेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन् ।

शाक्यलाई तत्कालीन केपी ओली सरकारले ४ वर्षका लागि कार्यकारी निर्देशनमा नियुक्त गरेको थियो तर वर्तमान देउवा सरकारले शाक्यलाई एक वर्ष पनि नपुग्दै कार्यकारी निर्देशकवाट केहि दिन अघि मात्र हटाएको थियो ।

footer