kumari
stcnepal

आगामी चुनाव बाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने राजेन्द्र लिङ्देनको दावी

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनाव बाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधर सँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दावी गरे ।

‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दावी गरे । राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको पनि लिङ्देनले बताए । हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ’ उनले भने ।

लिङ्देनले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरेका छन् । उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने बताएका छन् । उनले भने, ‘विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’ ४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दावी गरे ।

footer