kumari
stcnepal

को बन्लान भारतीय काग्रेसको अध्यक्ष ?

एजेन्सी। भारतीय कांग्रेसको राष्ट्रिय अध्यक्षका लागि शशि थरुर, मल्लिकार्जुन खड्गे र केएन त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको अन्तिम दिन शुक्रवार सम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीनै उम्मेदवार मध्ये खड्गेलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । उनी दलित समुदायका नेता हुन् । गान्धी परिवार सँग राम्रो सम्बन्ध रहेका खड्गेको पार्टी भित्र प्रभाव राम्रो रहेको बताइन्छ । खड्गेले चुनाव जितेमा ५१ वर्षपछि भारतीय कांग्रेसले दलित अध्यक्ष पाउनेछ । यसअघि बाबू जगजीवन राम कांग्रेसको अध्यक्ष भएका थिए ।

खड्गे कर्नाटक प्रदेश अध्यक्ष भइसकेका छन् । खड्गेले १० पटक लगातार चुनाव जित्ने कीर्तिमान समेत बनाएका छन् । उनी ८ पटक विधायक र २ पटक लोकसभा सांसद भएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा ३ जना देखिए पनि ८ अक्टुबरलाई उम्मेदवारी फिर्ताको अन्तिम दिन तोकिएको छ भने १७ अक्टुबरका दिन मतदान हुनेछ । मतगणनाको परिणाम १९ अक्टुबरमा घोषणा गरिने जनाइएको छ ।

footer