kumari
stcnepal

आज बाग्मती प्रदेश सहित यि प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं ।देशका विभिन्न भू–भागमा आज पनि पानी पर्ने भएको छ ।आज दिउँसो प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश–१ र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।

footer