kumari
stcnepal

उपत्यकामा अव राति ८ बजेपछि पनि गाडी चलाउन पाइने

 

काठमाडौं । उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको छ । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख गरेको थियो ।

भदौ ८ देखि १६ गतेसम्मको निषेधाज्ञामा भने यो व्यवस्था हटाइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए । रातिको समयमा मात्र सवारी साधन सञ्चालनमा गरिएको कडाइले कोरोना महामारी नियन्त्रण नहुने भन्दै प्रशासनको आदेशको व्यापक आलोचना भएको थियो ।

footer