kumari
stcnepal

डेंगुका कारण निधन हुनेको संख्या ५१ पुग्यो, ४२ हजार भन्दा बढी संक्रमित

काठमाडौं ।यस वर्ष साउनयता डेंगी संक्रमण बाट निधन हुनेको संख्या ५१ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार कात्तिक २ गते सम्म संक्रमितको संख्या ४२ हजार ५०४ र निधन हुनेको संख्या ५१ पुगेको हो ।

डेंगी संक्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

डेंगी संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।

footer