kumari
stcnepal

प्रभु बैकको तिन महिनाको खुद नाफा ७७ करोड २९ लाख

काठमाडौं ।प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकद्वारा आज प्रकाशित पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार ३० करोड ९३ लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको छ । १ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५१ प्रतिशत, स्प्रेडदर ३.९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिशेयर आम्दानी २२ रुपियाँ १९ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

footer