kumari
stcnepal

चन्द्र ढकालले दिए बोर्डबाट राजीनामा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने भएका हुन् । उनले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएका छन् । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए । उनले महासंघको उपाध्यक्ष बस्नु अगाडि गरेको कारोबारको विषयलाई उचालेको भन्दै गुनासो पनि पोखेका आएका थिए ।

यसअघि, महासंघका वरिष्ठ उपाध्यक्षको हैसियतले शेखरजी पनि बोर्डमा बस्नुभएको थियो । त्यही भएर यो पटक म बसेको हुँ उनले भने, महासंघमा आउनु अगाडिको विषय यत्रो उचालिन्छ । व्यवसायी भएपछि भोलिका दिनमा अन्य कारोबार पनि गर्नुपर्छ । त्यसैले नबस्ने निर्णय गरेको हुँ । ढकालले सेयर खरिद गरेको विषय उठेपछि महासंघले एक विज्ञप्ति जारी गर्दै ढकाल वरिष्ठ उपाध्यक्ष बन्नु अगाडि नै सेयर खरिद भइसकेको जानकारी दिदै ढकालको बचाउ गरेको थियो ।

footer