kumari
stcnepal

साप्ताहिक मौसमको बिवरण : बर्षा र हिमपातको सम्भावना

काठमाडौं ।यो साता देशका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ । विभागका अनुसार अधिकांश भू–भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.० डिग्री र अधिकतम तापक्रम २५.० डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस छ ।

footer