kumari
stcnepal

दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रका बिकृति रोक्न के गर्दै छ ?

काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेशनल कल मनिटरिङ सिस्टम’ जडान गर्ने भएको छ । मुद्दा मामिलाका कारण लामो समय देखि रोकिएको झण्डै २ अर्बको मेसिन जडान कार्य चोलेन्द्र समशेरको फैसलापछि अघि बढेको हो ।

दूरसञ्चार क्षेत्रमा भइरहेको ‘रेभिन्यु एस्योरेन्स’,‘फ्रड डिटेक्सन’ तथा ‘क्वालिटी एस्योरेन्स’ का लागि प्राधिकरणले सो प्रणाली खरिद गर्न लागेको जनाएको छ । उक्त प्रविधि भन्सार बाट छुटाउन प्राधिकरणको नेतृत्वलाई दबाब दिइएको लगायतका खबर बाहिर आएपछि प्राधिकरणले स्पष्टीकरण दिँदै नियमानुसार खरिद प्रक्रिया अघि बढाइएको बताएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको ‘स्टान्डर्ड बिडिङ डकुमेण्ट’ अनुसार नै आशयपत्र माग गरी छनौट भएका संस्थाहरु बाट प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको प्राधिकरणले जानकारी दिएको छ ।

सर्वोच्चको फैसला पश्चात् नयाँ प्रविधि अनुसारको प्रस्ताव गरेभन्दा थप सेवा, सफ्टवेयर तथा उपकरण समेत प्राप्त गरी खरिद गर्ने सम्झौता भ्यानराइज सोलुसन सल अफसोर,बेरुत (लेबनान)संग गरिएको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली बजारमा नपाइने उपकरणहरु तथा यस प्रोजेक्टका लागि चाहिने (भी–प्रोब एप्लाइन्स फर भ्वाइस एण्ड ट्राफिक–१०९ सेट, ल्यापटप विथ ड्राइभ टेष्ट किट एण्ड कन्ट्रोल प्यानल– दुई सेट र सेल फोन–आठ सेट) एलजीबी बैंक साल, लेबनानको नाम बाट एलसी मार्फत ल्याउन लागेको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

footer