kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए २९ जना कोरोनाका संक्रमित

काठमाडौं ।देशभर थप २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप २३ जना निको पनि भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२८ जना पुगेको छ । नेपालमा कोरोना महामारीमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

footer