kumari
stcnepal

सन्दीप लामिछानेको थुनछेक को बहस आज देखि

काठमाडौं ।जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछाने विरुद्धको थुनछेक बहस बुधबार देखि सुरु हुँदैछ । मंगलबार अदालतमा सन्दिपको बयान लिने क्रम सकिएको थियो ।
एक नाबालिका माथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनी हाल प्रहरी हिरासतमा छन् ।

उनको मुद्दा मंगलवार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो । मंगलवार दिनभरि सन्दीपको बयान लिइएको अदालत स्रोतले जानकारी दिएको छ । सरकारी वकिलको कार्यालयले सन्दीप विरूद्धको मुद्दा सोमवार अदालतमा दर्ता गरेको थियो । प्रहरीले कात्तिक ४ गते नै उनी विरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सन्दीपले भदौ ५ गते गौशाला स्थित एक होटलमा पुर्‍याई ति नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । युवतीले भदौ २१ गते सन्दीप विरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसबेला उनी क्रिकेट खेल्न केन्या पुगेका थिए । सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

footer