kumari
stcnepal

आज एकै दिनमा बढयो सुनको मूल्य १४०० सय

काठमाडौं ।नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ १४ सय रुपैयाँले बढेको छ ।

गत साताको शुक्रबार ९३ हजार १०० रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज एकैदिन १४ सय रुपैयाँले बढेर प्रति तोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको भाउ तोलामा ९४ हजार रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । गत साता तेजावी सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आज एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।

footer