kumari
stcnepal

चुनावका लागि कांग्रेसले आफ्ना प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुलाई दियो निर्वाचन खर्च, कस्लाई कति ?

काठमाडौं ।नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई चुनाव लड्न पैसा बाँडेको खुलेको छ । आगामी ४ मंसिरको चुनावी खर्चस्वरुप प्रतिनिधिसभा उम्मेदवारलाई ४ लाख र प्रदेशसभा उम्मेदवारलाई २ लाख रुपैयाँ रकम उपलब्ध गराएको खुलासा भएको हाे ।

टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा बाँडेकाे बताइएकाे छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभा तर्फ ९१ र प्रदेश सभा तर्फ एक सय ७९ जना उम्मेदवार छन् ।

प्रदेशसभाका उम्मेदवारका लागि दुई लाख र प्रतिनिधिसभाका उम्मेदवारलाई ४ लाख रुपैयाँ वितरण गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । पैसा बाँड्ने क्रम गिरिजाप्रसाद कोइरालाको पाला देखिकै भएको र अहिले निरन्तरता दिने काम मात्र गरेको उनले दाबी गरेका छन् ।

पैसाको स्रोत बारे उनले पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबी बाट जम्मा रकमलाई चुनावी खर्चको रुपमा वितरण गरिएको उनले दाबी गरेका छन् ।

footer