kumari
stcnepal

पाँचखालमा ७० बर्षीय श्रीमान र ५९ बर्षीय श्रीमती मृत भेटिए

काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकामा श्रीमान, श्रीमती नै मृत फेला परेका छन् । मृतक दम्पत्ति पाँचखाल नगरपालिका वडा नम्बर ९ का स्थानीय रामबहादुर थापा मगर र श्रीमती हुन् ।

दम्पत्तिलाई घरमा मृत अवस्थामा भेटिएको हो । घरमा श्रीमान,श्रीमती मात्र बस्दै आएका थिए। मृतक रामबहादुरको उमेर ७० वर्ष र श्रीमती ५९ बर्षको रहेको बताइएको छ । प्रत्यक्षदर्शी र स्थानीयहरुका अनुसार घटना हेर्दा सामुहिक हत्या जस्तो देखिन्छ ।

घटना केही दिनअगाडि भएको हुनुपर्छ । तर हिजो दिउँसो ३ बजे तिर मात्रै जानकारी पाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । घटनाको स्थलगत निरीक्षण गरेर थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशी बाट जानकारी प्राप्त भएको छ ।

footer