kumari
stcnepal

ट्रान्सफर्मरमा समस्या मातातीर्थ क्षेत्रमा बिधुत आपूर्तिमा कठीनाई

काठमाडौं ।काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि सो क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।१३२/११ केभी सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको हो ।

यस बाट करिब ५ हजार ग्राहककोमा विद्युत आपूर्तिमा समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसन बाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमशः थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरेको छ । तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई धान्दैन । त्यसैले आंशिक रुपमा मात्रै विद्युत आपूर्तिको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

‘वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोट बाट ‘ब्याक सप्लार्ई’लिने र थानकोट फिडरको विस्तार गरी आइतबार बाट विद्युत आपूर्तिको व्यवस्थापन गरिने छ । यसका लागि काम सुरु भइसकेको छ,’ प्राधिकरणका एक इन्जिनियरले भने । प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजाने छ । यसका लागि केही दिन लाग्ने छ ।

प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२.५ एमभिएका ३ वटा ट्रान्सफर्मर मध्ये २ वटालाई ४५/४५ एमभीएले प्रतिस्थापन गर्दैछ । त्यहाँ रहेका २२.५ एमभीएका दुई वटा ट्रान्सफर्मर मध्ये १ वटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिने छ ।

footer