kumari
stcnepal

पाकिस्तानको कराँचीमा अन्तर्राष्ट्रिय रक्षा प्रदर्शनी

काठमाडौं ।पाकिस्तानको कराँची शहरमा अन्तर्राष्ट्रिय रक्षा सामग्री प्रदर्शनी भएको छ । डिफेन्स एक्सपोर्ट प्रमोशन अर्गनाइजेसनले आयोजना गरेको ४ दिने प्रदर्शनी र सेमिनार अस्ति देखि शुरु भएको हो । विश्वभरका सैन्य सामाग्री उत्पादन गर्ने उद्योग र कम्पनीहरुले आफ्ना नवीनतम सामाग्री र उत्पादन एकैसाथ प्रदर्शनीमा राखेका छन् ।

५७ मुलुकका पाँच सय भन्दा बढी कम्पनी र ६४ मुलुकका दुई सय ८५ भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताइन्छ । विगतमा १० पटक यस्तो कार्यक्रम आयोजना गरिएको छ । अहिलेको ११ औँ संस्करणमा टर्की, चीन, अमेरिका, बेलायत, युरोपेली युनियन, मध्यपूर्व र मध्य एसियाका डिफेन्स सामाग्री उत्पादकहरूले आफ्ना उत्पादन प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमा मानव रहित विमान प्रणाली (युएएस), वायुरक्षा प्रणाली, क्षेप्यास्त्र प्रणाली, ट्याङ्क र बख्तरबन्द गाडी (एपीसी) लगायत पाकिस्तानका अत्याधुनिक सैन्य हार्डवेयर राखिएका छन् ।

footer