विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानको कराँचीमा अन्तर्राष्ट्रिय रक्षा प्रदर्शनी

585
shares

काठमाडौं ।पाकिस्तानको कराँची शहरमा अन्तर्राष्ट्रिय रक्षा सामग्री प्रदर्शनी भएको छ । डिफेन्स एक्सपोर्ट प्रमोशन अर्गनाइजेसनले आयोजना गरेको ४ दिने प्रदर्शनी र सेमिनार अस्ति देखि शुरु भएको हो । विश्वभरका सैन्य सामाग्री उत्पादन गर्ने उद्योग र कम्पनीहरुले आफ्ना नवीनतम सामाग्री र उत्पादन एकैसाथ प्रदर्शनीमा राखेका छन् ।

५७ मुलुकका पाँच सय भन्दा बढी कम्पनी र ६४ मुलुकका दुई सय ८५ भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताइन्छ । विगतमा १० पटक यस्तो कार्यक्रम आयोजना गरिएको छ । अहिलेको ११ औँ संस्करणमा टर्की, चीन, अमेरिका, बेलायत, युरोपेली युनियन, मध्यपूर्व र मध्य एसियाका डिफेन्स सामाग्री उत्पादकहरूले आफ्ना उत्पादन प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमा मानव रहित विमान प्रणाली (युएएस), वायुरक्षा प्रणाली, क्षेप्यास्त्र प्रणाली, ट्याङ्क र बख्तरबन्द गाडी (एपीसी) लगायत पाकिस्तानका अत्याधुनिक सैन्य हार्डवेयर राखिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports