kumari
stcnepal

काठमाडौंको तारकेश्वरमा बम फेला पर्यो

काठमाडौं ।निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा बम विष्फोटका घटना बढिरहेका छन् । यसैबीच, काठमाडौंको तारकेश्वर नगरपालिकामा बिहीबार बम फेला परेको छ । साँझ ६ बजेको समयमा स्थानीय साङ्ला छापमा सकेट बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय गरेको थियो । खाली जग्गामा बम फेला परेको हो । बम राख्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

footer