kumari
stcnepal

उडान अनुमति नलिई टिकट बिक्रि नगर्न प्राधिकरणको निर्देशन

काठमाडाैँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायु सेवा कम्पनीहरूलाई हवाई उडानको अनुमति लिएर मात्र यात्रुहरूलाई टिकट बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहे पनि केही कम्पनीले हाल अनुमति नलिइकनै चार्टर उडानको नाममा टिकट बिक्री गरेको पाइएको प्राधिकरणले जनाएको हाे ।

उक्त कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ ।

footer