kumari
stcnepal

केही दिन पछाडि देखी मेलम्चीको पानी काठमाडौंमा आउने

काठमाडौं ।मेलम्ची खानेपानी परियोजनाले आज देखि सुरुङमा पानी भर्न सुरु गरेको छ । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं वितरण गर्ने तयारी स्वरुप भर्न सुरु गरेको हो ।

खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्स बाट सुरुङमा पानी भर्न सुरु गरेको जनायो । बाढीको जोखिम हुने भएपछि गत असार देखि सुरुङको ढोका बन्द गरी पानी रोकेको थियो ।

अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने र लगत्तै वितरणका लागि उपलब्ध हुने आयोजनाले सामाजिक सञ्जालमार्फत भनेको छ ।

दुई दशक पहिले निर्माण सुरु भएको आयोजना बाट फागुन २०७७ मा पहिलोपटक पानी काठमाडौंमा ल्याइएको थियो । त्यसपछिका असारमा आएको बाढी मुहानमा क्षति पुर्याएपछि मर्मत गरी २०७९ वैशाख बाट पुनः वितरण गरियो । असारमा बन्द गरिएको थियो ।

footer