kumari
stcnepal

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १५ प्रतिशत मात्र मतगणना हुन बाँकी

काठमाडाैँ- यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार १६४ अर्थात् खसेको मतको ८४.८२ प्रतिशत मतगणना भइसकेको छ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७० मत खसेको थियो। प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १६५ स्थान मध्ये हालसम्म १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।

 

footer