kumari
stcnepal

सुनसरीका ३ मा एमालेको भगवती चौधरीले जित्ने निश्चित, विजय गच्छदार पराजित हुने

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी जित नजिक पुगेकी छन् । उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५ मत बढी ल्याएकी छन् ।

१० हजार ६ २४ मत गणना बाँकी हुँदा चौधरीले ३६१३६ मत पाएकी छन् । उनको निकटतम प्रतिस्पर्धी गच्छदारले ३० हजार ६०१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलवावु मैनालीले भने ६२६९ मत पाएका छन् ।

footer