kumari
stcnepal

विश्वकप : उरुग्वेलाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं ।ब्रुनो फर्नान्डेजको दुई गोल प्रेरित उरुग्वेलाई २–० गोलको नतिजमा पराजित गर्दै पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा जारी फिफा विश्वकप २०२२ को समूह ‘एच’ अन्तर्गत लुसेल रंगशालामा सम्पन्न खेलमा लगातार दोस्रो जित निकाल्दै पोर्चुगलले नकआउट चरणमा स्थान बनाएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ५४औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको अधिकांश समय उरुग्वे माथि दवाव सृजना गरेको पोर्चुगलका लागि इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ब्रुनोले दोस्रो गोल गर्दै जित पक्का गरे ।

पहिलो खेलमा घानालाई २–१ गोलको नतिजमा पराजित गरेको पोर्चुगलले अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग खेल्नेछ । पहिलो खेलमा दक्षिण कोरिया सँग उरुग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । अन्तिम १६ सम्भावना बचाउँन उरुग्वेलाई अन्तिम खेलमा घानालाई जित्नैपर्ने दवाव छ ।

footer