kumari
stcnepal

थापाथलीका आक्रोशित सुकुम्बासी द्धारा काठमाडौं महानगरपालिका धेराउ

 काठमाडौं ।काठमाडौंको थापाथली स्थित बागमती किनारका सुकुम्बासीले काठमाडौं महानगरपालिका विरुद्ध चर्का नाराबाजी सहित मंगलबार कार्यालय घेराउ गरेका छन्।महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत सोमबार दिउँसो बाट सो बस्तीमा डोजर चलाउन सुरू गरेको हो।

यस अघि नै महानगरले ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो। यता, प्रर्दशनकारीहरुले भने विकल्प नभई नदिई आफूहरु सो बस्ती बाट नहटने जिकीर गरिरहेका छन । अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे , उचित विकल्प सहित ब्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए।

footer