kumari
stcnepal

पेलेको बराबरीमा पुगे नेइमार

काठमाडौंं ।कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा गोल गर्दै नेइमारले ब्राजिल राष्ट्रिय टिम बाट पेलेको कीर्तिमान बराबर गरेका छन् ।

एजुकेसन सिटी रंगशालामा जारी खेलमा निर्धारित समय गोल रहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा गोल गर्दै नेइमारले पेलेको ७७ अन्तर्राष्ट्रिय गाेलकाे कीर्तिमान बराबर गरेका हुन् । उनले पेलेले ९२ खेल खेल्दै बनाएको ब्राजिलका लागि सर्वाधिक गोल कर्ताको कीर्तिमान १२४ खेलमा बराबरी गरे ।

अतिरिक्त समयमा नेइमारले गरेको गोलमा जारी खेलमा ब्राजिलले अग्रता लिएको छ । जारि खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स बीचको विजेता सँग खेल्नेछ ।

footer